ad ad

बागमती


स्ववियु निर्वाचनलाई लिएर मार्ने धम्की, प्रहरीकहाँ पुगे दम्पती

स्ववियु निर्वाचनलाई लिएर मार्ने धम्की, प्रहरीकहाँ पुगे दम्पती

नेपालखबर
चैत १२, २०७९ आइतबार १६:५६, हेटाैँडा

गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा एक दम्पतीलाई मार्ने धम्की आएको पीडितले गुनासो गरेका छन्।

हेटौँडा उपमहानगरपालिका-१६ मा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर स्थानीय रेडरोज बोर्डिङ स्कुलका प्रिन्सिपल कैलाश धिताल र उनकी श्रीमती आस्था रिजाललाई मार्ने धम्की दिइएको भन्दै प्रहरीमा उजुरी परेको छ।

निर्वाचनमा एमाले, एकीकृत समाजवादी र विप्लव नेतृत्वको गठबन्धन विजयी भएपछि नेपाली कांग्रेसनिकट तीनजना युवाले आफू नभएको समयमा आफ्नो डेरामा पुगेर श्रीमतीलाई अपशब्द प्रयोग गर्दै मार्ने धम्की दिएको धितालले बताए।

उनका अनुसार दलबलसहित ढुंगामुडा बोकेर श्रीमती एक्लै रहेको समयमा डेरामा पुगेर तीन युवकले ज्यानमार्ने धम्की दिएको धितालको दाबी छ।

उनीहरुले फोनमा समेत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका धितालले गुनासो गरे।

धम्कीपछि हेटौँडा १६ का बुद्धिप्रसाद गौतम, शंकर पनेरु र सुवर्ण पौडेलविरुद्ध धिताल दम्पतीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

प्रहरीले भने हालसम्म कसैलाई पनि पक्राउ गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .