बागमती


मकवानपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

मकवानपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

नेपालखबर
साउन १५, २०८० सोमबार ८:५३, मकवानपुर

मकवानपुरमा रोकिराखेको ट्रकमा गुडिरहेको मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकिराखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किएको हो। 

दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

चितवनको पुरानो मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको उनले बताए।

प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad