ad ad

बागमती


‘जनतासँग अस्पताल’ अभियान– घरगाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा

‘जनतासँग अस्पताल’ अभियान– घरगाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा

नेपालखबर
मंसिर २०, २०८० बुधबार १५:५, चितवन

चिकित्सक भोजराज अधिकारीले विशेषज्ञ स्वास्थ्य सेवाका पहुँचमा नभएका जनतालाई स्वास्थ्यसँग जोड्ने अभियान सञ्चालन गरेका छन्।

उनले पछिल्लो समय गाउँगाउँमा पुगेर स्वास्थ्य शिविरमार्फत् विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। 

‘अस्पताल आउन नसक्ने, आर्थिक अभावले उपचार गर्न नसक्ने, रोग लागेपछि समयमा उपचार गर्नुपर्छ भन्ने ज्ञान नभएका जनतालाई घरगाउँमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छु।’

उनले जटिल समस्या भएकालाई अस्पतालसम्म ल्याएर उपचार पनि गरेका छन्।
 
गत निर्वाचनको समयमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका डा अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिएका थिए। 

‘म पराजित भए पनि जनतासँग गरेको वाचा पूरा गर्नुपर्छ भनेर लागिरहेको छु,’ उनले भने।
 
भरतपुर महानगरपालिकाले आजबाट सुरु गरेको ‘समुदायसँग प्रमुख स्वास्थ्य कार्यक्रम’ को विज्ञको भूमिका डा अधिकारी नै रहेका छन्।

उनका अनुसार महानगरभित्र ६८ वर्षमाथिका २५ हजार वृद्धवृद्धा छन्। उहाँहरुलाई घरमै पुगेर मधुमेह, उच्च रक्तचाप, तौल, मोटोपन जस्ता परीक्षण गरेर आवश्यक औषधि र सुझाव दिने कार्यक्रम छ।

‘जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा शिविरमा सक्रिय छु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .