बागमती


समस्याग्रस्त घोषित पाँच सहकारीका बचतकर्तालाई दाबी पेस गर्न अनुरोध

समस्याग्रस्त घोषित पाँच सहकारीका बचतकर्तालाई दाबी पेस गर्न अनुरोध

नेपालखबर
असार ४, २०८३ बिहिबार १९:३२, हेटौँडा

बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित पाँच वटा सहकारी संस्थाका बचतकर्ता, सदस्य तथा साहुहरूलाई आफूले पाउनु पर्ने रकमको अनलाइन मागदाबी पेस गर्न आग्रह गरेको छ।

समितिले पुनः सार्वजनिक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अनलाइनमार्फत दाबी पेस गर्न अनुरोध गरेको हो। 

बागमती प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषणा गरिएका संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रियाका लागि दाबी संकलन गर्न लागिएको समितिले जनाएको छ।

समितिका अनुसार दाबी पेस गर्न इच्छुक बचतकर्ता, सदस्यले समितिको वेबसाइटमा गई अनलाइन आवेदन दिन सक्ने बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव प्रविण खनालले जानकारी दिए। 

दाबी माग गरिएका समस्याग्रस्त सहकारी संस्थामा सिभिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड (सोल्टीमोड, काठमाडौं), दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (कीर्तिपुर, काठमाडौं), लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (खुसीबु, काठमाडौं), नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गोंगबु, काठमाडौं) र सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड (पुल्चोक, ललितपुर) रहेका छन्।

समितिले तोकिएको अवधिभित्र मागदावी पेश गरी आफ्नो हक सुरक्षित गर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad