बागमती


बालेन्द्रले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

बालेन्द्रले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

नेपालखबर
माघ ११, २०८० बिहिबार ११:३९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। 

मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले मेयर शाह मतदानमा सहभागी हुन नभ्याउने बताए।    

‘कार्य-व्यस्तताका कारण उहाँ (बालेन्द्र ) मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भने।  

यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेन्द्रले मतदान गरेका थिएनन्। 

राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज सातै प्रदेशमा मतदान भइरहेको छ।

यसअन्तर्गत बागमती प्रदेशका ४ सिटका लागि हेटाैँडामा मतदान भइरहेको छ।

मेयर शाह बागमतीका मतदाता हुन्। 

उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .