ad ad

बागमती


काठमाडौँमा ट्राफिक प्रहरी जवान मृत भेटिएको घटना शंकास्पद, अनुसन्धान जारी

काठमाडौँमा ट्राफिक प्रहरी जवान मृत भेटिएको घटना शंकास्पद, अनुसन्धान जारी

नेपालखबर
जेठ ५, २०८१ शनिबार ८:४०, काठमाडौँ

काठमाडौँको तार्केश्वर-९, मनमैजुमा ट्राफिक प्रहरी जवान मृत फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागा कार्यरत  प्रहरी जवान युवराज घिमिरे शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका हुन्। 

‘घटना शंकास्पद देखिएको छ’, प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले शनिबार बिहान नेपालखबरसँग भने, ‘अनुसन्धान जारी छ।’

पोस्टमार्टमका लागि प्रहरी जवान घिमिरेको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको उनले बताए।  

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता फर्किएका थिएनन्।

शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरी घिमिरेको शव भएको स्थानमा पुगेको थियो।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार खोटाङको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बस्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .