बागमती


मकवानपुरमा बाघको आक्रमणबाट १९ बाख्रा मरे

मकवानपुरमा बाघको आक्रमणबाट १९ बाख्रा मरे

नेपालखबर
माघ २८, २०८० आइतबार १९:३५, हेटाैंडा

मकवानपुरको बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छ्न्। बकैया गाउँपालिका–६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय तीन कृषकका १९ वटा बाख्रा र खसी मरेको हो।

आइतबार घर नजिकै पाखामा चराउन छोडेको समयमा बागले आक्रमण गरेको वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए।

उनकाअनुसार स्थानीय डम्बर बहादुर बोम्जमको ११ वटा खसीबाख्रा बाघले मारेको छ भने सोही ठाउँकी कान्छिमाया भोम्जमको ५ र गंगाराज भोम्जमको ३ वटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो।

‘घर नजिकैको पाखामा चरनका लागि छोड्ने गरेको थिए’ वडाध्यक्ष भोम्जनले नेपालखबरसँग भने, ‘सोही बेलामा बाघले तीन घरको १९ वटा बाख्रा र खसी मारेछ। सबै बाख्राहरुको गर्धनमा आक्रमण भएको पाइएको छ।’

जसबाट किसानहरुको लाखौं रूपैयाँ बराबरको क्षति भएको उनले बताए। बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष भोम्जनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .