बागमती


काठमाडौँ उपत्यकामा बिहान हुस्सु, दिउँसो मौसम कस्तो होला?

काठमाडौँ उपत्यकामा बिहान हुस्सु, दिउँसो मौसम कस्तो होला?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन ६, २०८० आइतबार ६:३७, काठमाडौँ

काठमाडौँ उपत्यकामा अहिले बिहान हल्का हुस्सु लागिरहेको छ। 

तर यो घाम लागेसँगै हटेर जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् सञ्जीव अधिकारीले भने, ‘अहिले हल्का हुस्सु लागिरहेको छ, आकाशमा खासै बादल छैन, मौसम सामान्यतया सफा छ।’

उनका नुसार आज दिउँसो काठमाडौँ उपत्यकामा आंशिक बदलीसम्म हुने सम्भावना छ। आंशिक बदली भनेको आकाशमा थोरै बादल देखिए पनि घाम लाग्छ। 

आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको मौसमविद् अधिकारीले जानकारी दिए। शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस थियो। 

‘हिजोभन्दा न्यूनतम तापक्रम थोरै घटेको छ’, उनले भने, ‘अहिले खासगरी तापक्रम बढ्ने ट्रेनमै छ।’

मौसमविद् अधिकारीका अनुसार उपत्यकाको अधिकतम तापक्रमचाहिँ आज २१ देखि २३ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको छ। शनिबार उपत्यकाको अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद्का अनुसार बादल लागेको तथा पानी परेको अवस्थामा तापक्रम थोरै घटे पनि मूलतः देशभर अब तापक्रम बिस्तारै बढ्नेतर्फ नै उन्मुख छ।

जाडो अर्थात् हिउँदयामको अवधि अब यही फेब्रुअरी महिना मात्र हो। त्यसपछि प्रिमनसुन सिजन सुरु हुन्छ। 

देशभरका लागितराईमा हुस्सु र कुहिरो, चार प्रदेशमा वर्षाको सम्भावना (३ दिनको मौसम पूर्वानुमानसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .