बागमती


काठमाडौँ उपत्यकाको तापक्रम: न्यूनतम बढ्यो, अधिकतम घट्यो

काठमाडौँ उपत्यकाको तापक्रम: न्यूनतम बढ्यो, अधिकतम घट्यो

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन ९, २०८० बुधबार २०:४७, काठमाडौँ

मौसम बदली सुरु भएसँगै काठमाडौँ उपत्यकाको तापक्रम घटबढ भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम न्यूनतम बढेको हो भने अधिकतम घटेको हो। 

महाशाखाको रेकर्डअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियसमा उक्लिएको छ। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रम भने २१.५ डिग्री सेल्सियसमा झरेको छ। मंगलबार यहाँकोे अधिकतम तापक्रम २३.२ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्यो भने न्यूनतम तापक्रम बढ्छ, आकाश सफा भयो भने घट्छ। यसको ठीक उल्टो दिउँसो आकाश बादलले ढाक्यो र घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ, दिनभर मौसम सफा भएर घाम लाग्यो भने बढ्छ।  

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .