बागमती


प्रिमनसुनपछि काठमाडौँ उपत्यकामा पहिलो भिजाउने वर्षा (भिडिओ)

प्रिमनसुनपछि काठमाडौँ उपत्यकामा पहिलो भिजाउने वर्षा (भिडिओ)

उपत्यकामा आइतबार दिउँसो भएको वर्षा। तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन २०, २०८० आइतबार १४:४, काठमाडौँ

हिउँदयाम सकिएर प्रिमनसुन सिजन सुरु भएयता काठमाडौँ उपत्यकामा पहिलोपटक आज (आइतबार) भिजाउनेगरी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ।

‘अहिले पनि सुन्दरीजललगायत क्षेत्रमा पानी परिरहेको छ’, उनले भने, ‘आज दिनभर उपत्यकाको मौसम यस्तै रहने देखिन्छ, रातिदेखि सुधार हुँदै जाने सम्भावना छ।’

मौसमविद् पुडासैनीका अनुसार पछिल्लो ३ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी सुन्दरीजलमा ७.४ मिलिमिटर वर्षा भएको छ। त्यहाँ अहिले पनि पानी परिरहेको छ। 

यसैगरी बबरमहलमा ३ मिलिमिटर, धापड्याममा १.६ मिलिमिलमिटर वर्षा भएको छ। उपत्यकाका अन्य स्थानमा पनि छिटपुट पानी परेको उनले बताए। 

मौसमविद् पुडासैनीका अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ भने १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ। 

‘आज उपत्यकामा मध्यमसम्म वर्षा हुने अनुमान छ’, उनले भने। 

मार्च १ देखि नेपालको मौसम प्रिमनसुनमा प्रवेश गरेको हो। प्रिमनसुन लागेको तेस्रो दिनमै काठमाडौँ उपत्यकाामा राम्रैसँग वर्षा भएको हो।

मार्च १ (प्रिमसुन) लागेयता यसअघि काठमाडौँ उपत्यकामा छिटपुट पानी परेको भए पनि मौसम विभागले मापन गर्न मिल्नेगरी आज पहिलोपटक वर्षा भएको मौसमविद् पुडासैनीको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ महिनालाई विन्टर सिजन अर्थात् हिउँदयाम मानिन्छ। 

मौसमविद्का अनुसार प्रिमनसुनमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ। 

काठमाडौँ उपत्यकासहित आज देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ।   

काठमाडौँको थापाथलीमा रहेको ब्लुबर्ड कम्प्लेक्सस्थित नेपालखबरको कार्यालयअगाडि आइतबार दिउँसो भएको वर्षा (भिडिओ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .