ad ad

बागमती


मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते

मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते

नेपालखबर
चैत १३, २०८० मंगलबार २१:२१, हेटाैँडा

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको छ।

मंगलबार साँझ भएको दुर्घटनामा चालक पेमाररत्न तितुङ घाइते भएका छन्। चालक तितुङको अवस्था गम्भीर रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन्।

उनको हेटौंडा १ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

बिरामी पुर्याएर फर्किंदै गरेको बागमती प्रदेश ०१–००३ झ ५८०६ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भीरमा रहेको रुखमा अड्किएको एम्बुलेन्स क्षतिग्रस्त भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .