ad ad

बागमती


काठमाडौँ चक्रपथ सुधार योजनाप्रति बालेनको आक्रोश- त्यत्रो दुःख नदेख्नेले बोर्डचैँ देखेछ

काठमाडौँ चक्रपथ सुधार योजनाप्रति बालेनको आक्रोश- त्यत्रो दुःख नदेख्नेले बोर्डचैँ देखेछ

नेपालखबर
चैत १४, २०८० बुधबार ११:३७, काठमाडौँ

काठमाडौँ चक्रपथ सुधार योजना र काठमाडौँ महानगरपालिकाबीच कलंकीदेखि वसुन्धरासम्म राखिएका (हाल हटाइएका) होर्डिङ बोर्डका विषयमा दोहोरी चलिरहेको छ।

चक्रपथ सुधार आयोजनाअन्तर्गत कंलकी–महाराजगन्ज सडक निर्माण सन् २०१५ मै सक्ने सम्झौता भए पनि अहिलेसम्म नबनेको भन्दै महानगरपालिकाकाले कलंकीदेखि वसुन्धरासम्म सडकका ९ स्थानमा व्यंग्यात्मक कुरा लेखिएका होर्डिङ बोर्ड राखेको थियो।

यसप्रति आपत्ति जनाउँदै काठमाडौँ चक्रपथ सुधार योजनाले यही चैत २ गते सार्वजनिक सूचना जारी गर्दै उक्त बोर्ड ३ दिनभित्र हटाउन चेतावनी दिएको थियो।

हाल उक्त बोर्ड गायब भएपछि फेरि महानगरपालिकाले बोर्ड हराएको सूचना जारी गरेको छ। त्यति मात्र होइन, मेयर बालेन्द्र (बालेन) शाहले सडकबाट उपत्यकावासीले पाइरहेको सास्तीचाहिँ नेदेख्ने तर त्यही एउटा बोर्ड देख्ने भनेर कटाक्ष पनि गरेका छन्। 

‘२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिङरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ। स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटकपटक आवाज उठाए तर कसैको सुनिएको थिएन। कसैको दुःख हेरिएको थिएन। काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटकपटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्यो सम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ। तर निर्माण कार्य शंखेकीराको गतिमा रह्यो। त्यही जानकारी दिन बोर्ड राखेका थियौँ’, मेयर शाहले सार्वजनिक सूचनासहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुःख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्डचैँ देखेछन्। समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिनेबित्तिकै बोर्ड निकालेर फ्यालेछन्। अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कूटनैतिक नोट लेखेछन्।’ 

उक्त सूचनापत्रसहित मेयर बालेन लेखेको पूरा स्टाटस यस्तो छ– 
२०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन। छेउछाउका बासिन्दा, रिङरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ।

स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटकपटक आवाज उठाए तर कसैको सुनिएको थिएन। कसैको दुःख हेरिएको थिएन। काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटकपटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्यो सम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ। तर निर्माण कार्य शंखेकीराको गतिमा रह्यो। त्यही जानकारी दिन बोर्ड राखेका थियौँ।

त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुःख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्डचैँ देखेछन्। समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिनेबित्तिकै बोर्ड निकालेर फ्यालेछन्। अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कूटनैतिक नोट लेखेछन्। 

यही नजर बर्षौँदेखि अलपत्र पारेर दुःख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन्। समय सकिनेबित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .