ad ad

बागमती


ललितपुर आगलागी : दुई छोरी र आमापछि बुवाको पनि मृत्यु

एउटै घटनामा एकै परिवारका ४ जनाको गयो ज्यान
ललितपुर आगलागी : दुई छोरी र आमापछि बुवाको पनि मृत्यु

फाइल तस्बिर : किस्ट अस्पताल


नेपालखबर
जेठ ६, २०८१ आइतबार ८:४०, काठमाडौँ

ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा भएको आगलागीमा परी एकै परिवारका मृत्यु हुनेको संख्या चार पुगेको छ। 

मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको हो। योसँगै सो आगलागीमा परी उनको परिवारका ४ जनाको ज्यान गएको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेश सुवेदीका अनुसार आगलागीमा परी घाइते भएका दुई छोरी र आमापछि बुवा सञ्जयको पनि शनिबार मृत्यु भएको हो। 

‘ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचाररत सञ्जयको शनिबार मृत्यु भयो’, एसपी सुवेदीले आइतबार बिहान भने, ‘योसँगै आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ।’ 

यसअघि सोही अस्पतालमा उपचारका क्रममा सञ्जयकी श्रीमती रुपा गिरीको गत वैशाख ३१ गते मृत्यु भएको थियो भने आगलागी भएको भोलिपल्टै अर्थात् वैशाख २४ गते उनका दुई छोरी ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो।

आगलागीमा परी घाइते सञ्जयका भतिज १५ वर्षीय नित गिरीको भने उपचार जारी रहेको एसपी सुवेदीले जानकारी दिए। 

‘उनको अवस्था खतरामुक्त छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .