बागमती


ब्रेक फेल भएको बस दुईवटा कारलाई ठक्कर दिएर पल्टियो, ८ जना घाइते

ब्रेक फेल भएको बस दुईवटा कारलाई ठक्कर दिएर पल्टियो, ८ जना घाइते

सुनिता विष्ट
असोज २३, २०८१ बुधबार २१:२८, हेटौंडा

मकवानपुरमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका वडा–४ गोल्पिङ बेसीमा एकै स्थानमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन्।

बुधबार(आज) साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना भएका हुन्। बस ब्रेक फेल हुँदा सोही स्थानमा दुईवटा कार समेत ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ९८३ नम्बरको कार  र काठमाडौंबाट हेटौंडा हुँदै जनकपुर जान लागेको बा  ३ ख २७२३ नम्बरको मिनि बस ठोक्किँदा बस सडकबाट १० मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।

दुईवटा सवारी ठक्कर खादा हेटौंडाबाट काठमाडौं जाँदै गरेको  बा २ ज ८० नम्बरको कार समेत ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ।

गम्भीर घाइते ८ जनालाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार २० जनाको अवस्था सामान्य रहेको र थप विवरण आउन बाँकी रहेको छ।

घाइतेहरु तीनवटै सवारीको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad