बागमती


बिहीबार ‘रेकर्ड ब्रेक’ गरेको काठमाडौँको तापक्रम आज कति?

बिहीबार ‘रेकर्ड ब्रेक’ गरेको काठमाडौँको तापक्रम आज कति?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ९:२५, काठमाडौँ

बिहीबार यो वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) भने थोरै बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको सूचीअनुसार उपत्यकाको न्यूनतम तापक्रम बिहीबारभन्दा केही बढेर ९.४ डिग्री सेल्सियसमा उक्लिएको हो। बिहीबार ९ डिग्री सेल्सियस मात्र थियो।  

यसअघि मंसिर ५ गते उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने मंसिर ४ गते ९.९ डिग्री सेल्सियस थियो।

यसैगरी मंसिर ३ गते उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)-

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ। 

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad