बागमती


बागमतीका ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै, कुन जिल्लामा कति?

बागमतीका ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै, कुन जिल्लामा कति?

सुनिता विष्ट
माघ १६, २०८१ बुधबार १९:२९, काठमाडौँ

बागमती प्रदेशमा ३ लाख बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ। स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको तथ्यांक अनुसार प्रदेशको १३ जिल्लामा कुल ३ लाख ३४ हजार ८४५ किशोरीहरुलाई एचपीभी खोप लगाइने लक्ष्य लिइएको हो।

मन्त्रालयका सूचना अधिकारी रविन भुसालका अनुसार बागमतीमा कक्षा ६ देखि १० कक्षामा अध्यनरत २ लाख ७५ हजार ७१ किशोरीमा यो खोप लगाइने लक्ष्य लिइएको छ भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका २३ हजार २३४ किशोरीलाई खोप लगाइने लक्ष्य राखिएको छ।

जसमा प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौंमा १ लाख १३ हजार ६१२ किशोरीमा एचपीभी खोप लगाइने मन्त्रालयको लक्ष्य छ। कक्षा ६ देखि १० सम्म अध्यनरत ९८ हजार ४१३ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ६९१ किशोरीलाई खोप लगाइने बताइएको छ।

यस्तै, सबैभन्दा कम रसुवामा २ हजार ३७ किशोरीलाई यो खोप लगाइने लक्ष्य राखिएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी भुसाल बताउँछन्। उनका अनुसार जिल्लाको जनसंख्याको आधारमा यस जिल्लामा सबैभन्दा कम खोप लगाइने लक्ष्य निर्धारण गरिएको हो। रसुवामा विद्यालय जाने १ हजार ५७७ र विद्यालय नजाने १ सय ९ गरी कुल २ हजार ३७ किशोरीमा एचपीभी खोप लगाइने उनले जानकारी दिए।

केन्द्रबाट प्राप्त लक्ष्य अनुसार मकवानपुरमा २५ हजार ३०९ किशोरीलाई यो खोप दिइने छ भने जिल्लाबाट प्राप्त सुक्ष्म योजना अनुसारको लक्ष्य भने २२ हजार ७१३ रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जिल्लाको सुक्ष्म योजना अनुसारको लक्ष्यकै आसपासको तथ्यांकमा खोप लगाइने मन्त्रालयले जनाएको छ।

चितवनमा ३१ हजार ५७०, धादिङमा १३ हजार ९७३, नुवाकोटमा ११ हजार १७८, ललितपुरमा ३१ हजार ९८५ किशोरीहरुमा एचपीभी खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, भक्तपुरमा १९ हजार २९५, काभ्रेमा १६ हजार ११३, सिन्धुपाल्चोकमा १२ हजार ९५६, दोलखामा ६ हजार ५२०, रामेछापमा ७ हजार ७८ र सिन्धुलीमा १४ हजार ६२२ किशोरीहरुमो एचपीभी खोप लगाइने लक्ष्य राखिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कति छन् खोप केन्द्र?
बागमती प्रदेशका १३ जिल्लाका किशोरीहरुलाई एचपीभी खोप लगाउन ४ हजार ६१५ खोप केन्द्र सञ्चालन हुनेछन्। जसमा सबैभन्दा धेरै काठमाडौंमा मात्रै १ हजार २०२ खोप केन्द्र रहने बताइएको छ।

यस्तै, मकवानपुरमा ३५०, चितवनमा ४४६, धादिङमा ३३६, नुवाकोटमा ३०४, रसुवामा ६२, ललितपुरमा ४२४, भक्क्तपुरमा २४७ र काभ्रेमा ३०८ खोप केन्द्र मार्फत यो खोप लगाइने छ। यता, सिन्धुपाल्चोकमा २०३, दोलखामा २२९, रामेछापमा १६५ र सिन्धुलीमा ३०३ खोप केन्द्र मार्फत एचपीभी खोप लगाइने मन्त्रालयले जनाएको छ।

खोप लगाउन ४ हजार बढी स्वास्थ्यकर्मी
बागमती प्रदेशमा एचपीभी खोप लगाउन ४ हजार बढी स्वास्थ्यकर्मीहरु खटिने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धेरै किशोरीलाई खोप लगाइने लक्ष्यका आधारमा काठमाडौंमा मात्रै १ हजार २१५ स्वास्थ्यकर्मी खोप लगाउन खटिने भएका छन् भने २ हजार ४३० जना स्वयम् सेवक खोप केन्द्रमा खटिने छन्।

यस्तै, मकवानपुरमा ३६७ स्वास्थ्यकर्मी खटिने छन् भने ७३४ जना स्वयम् सेवक खटिने बताइएको छ। चितवनमा ४५६ जना स्वास्थ्यकर्मी खटिदा ९१२ जना स्वयम् सेवक खटिने मन्त्रालयको तथ्यांक छ।

धादिङमा १४६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वयम् सेवक, नुवाकोटमा २६३ जना स्वास्थ्यकर्मी र ५३६ जना स्वयम् सेवक, रसुवामा ६२ जना स्वास्थ्यकर्मी र १२४ जना स्वयम् सेवक, ललितपुरमा ४२४ जना स्वास्थ्यकर्मी र ८४८ जना स्वयम् सेवक खटिने मन्त्रालयले जनाएको छ।

यस्तै, भक्क्तपुरमा २४७ जना स्वास्थ्यकर्मी र ४९४ जना स्वयम् सेवक खटिने मन्त्रालयको तथ्यांक छ भने काभ्रेमा ३२३ जना स्वास्थ्यकर्मी र ६२८ जना स्वयम् सेवक खटिने बताइएको छ।

यता, सिन्धुपाल्चोकमा २०३ जना स्वास्थ्यकर्मी र ४०६ जना स्वयम् सेवक, दोलखामा २२९ जना स्वास्थ्यकर्मी र ४५८ जना स्वयम् सेवक, रामेछापमा १६६ जना स्वास्थ्यकर्मी र ३३२ जना स्वयम् सेवक र सिन्धुलीमा २२३ जना स्वास्थ्यकर्मी र ४६२ जना स्वयम् सेवक मार्फत एचपीभी खोप लगाइने मन्त्रालयले जनाएको छ।

यहाँ १ हजार २१५ सेसनमा खोप सञ्चालन हुनेछ। जसका लागि १ हजार २१५ स्वास्थ्यकर्मी खटिने छन् भने २ हजार २३० स्वयम् सेवक खटिने मन्त्रालयका सूचना अधिकारी भुसालले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad