बागमती


भीमफेदी गाउँपालिकाको सिन्धुली भ्रमण बस पल्टियो, वडाध्यक्षसहित २३ जना घाइते

भीमफेदी गाउँपालिकाको सिन्धुली भ्रमण बस पल्टियो, वडाध्यक्षसहित २३ जना घाइते

दुर्घटनास्थल


सुनिता विष्ट
चैत २८, २०८१ बिहिबार ९:२६, हेटौँडा

मकवानपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको रिजर्भ बस गएराति ९:३० बजेतिर मकवानपुरको बकैया गाउँपालिका-३, चिसापानी बजारस्थित धरान-चतरा सडकमा पल्टिएको हो। 

भीमफेदी गाउँपालिकाका कृषि तथा पशु शाखाका कर्मचारीहरूको टोली सिन्धुली भ्रमणबाट भीमफेदी फर्कने क्रममा दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार बसमा चालकसहित ३१ जना थिए। तीमध्ये २३ जना घाइते भएका हुन्। जसमा केहीको अवस्था गम्भीर रहेको डीएसपी अर्यालले जानकारी दिए।

घाइते हुनेमा वडाध्यक्षदेखि गाउँपालिकामा कार्यरत कर्मचारीसम्म छन्।

दुर्घटनामा भीमफेदी गाउँपालिका-२ का वडाध्यक्ष ४९ वर्षका कासीराम बज्यु घाइते भएका हुन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

डीएसपी अर्याललका अनुसार अन्य घाइतेमा भीमफेदी-३ बुल्मिङ बस्ने ४६ वर्षका श्रीराम बज्यु, भीमफेदी-५ ज्यामिरेकी ५५ वर्षीया रीता कुमारी मगर, भीमफेदी गाउँपालिकाको कार्यपालिका सदस्य ४५ वर्षीया सुमित्रा लामा र सोही स्थानकी ५५ वर्षीया सानी आलेको अवस्था गम्भीर छ। 

उनीहरूलाई थप उपचारका लागि बुधबार राति नै भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको डीएसपी अर्यालले जानकारी दिए।

यस्तै अन्य घाइतेमा चितवनको राप्ति नगरपालिका-२ गडौली बस्ने २९ वर्षका पशु प्राविधिक डा. सरोज ओझा, उनकी श्रीमती २७ वर्षकी रेश्मा सुवेदी, मकवानपुरको भीमफेदी-२ निगालेका ४५ वर्षका दिलीप राज बुलन, सोही स्थानका यदुनाथ पुडासैनी छन्।

मकवानपुरगढी गाउँपालिका-३ मक्रान्चुली बस्ने ४२ वर्षका नारायणप्रसाद शर्मा, हेटौँडा-११ थानाभर्याङ बस्ने २९ वर्षका उज्वल राना मगर, सोही स्थानका ३२ वर्षका सुदिप पराजुली, २७ वर्षका सुयास पाख्रिन, २७ वर्षका शुभाष रुम्बा, भीमफेदी-५ का ५२ वर्षका हितचन्द्र मोक्तान, सोही स्थानका २५ वर्षका अनिल स्याङबो, हेटौँडा-१८ बस्ने रुबिन घर्ति पनि घाइते भएका छन्।

यस्तै भीमफेदीकै ५३ वर्षका बुद्विसिंह दोङ, ३९ वर्षकी सीता थिङ, सूर्य माया घलान, करणध्वज पाख्रिन, हेटौँडा-१८ हर्नामाडीका २९ वर्षका विमल ढुंगाना, भीमफेदी-४ बस्ने ४० वर्षका कृष्णहरि गाहामगर, सोही स्थानका ३८ वर्षका सुजन प्रजा, ४३ वर्षका मान बहादुर लामा, भीमफेदी-१ सानुटार बस्ने ४२ वर्षका राजेन्द्र कुमार स्याङतान, गाउँपालिकाका कृषि प्राविधिक २९ वर्षका सानुकान्छा घिसिङ, पशु प्राविधिक पुष्पलाल बज्यु, भीमफेदी-३ बस्ने ४८ वर्षको अर्जुन तामाङ घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसका सहचालक उदयपुर रौतामाई गाउँपालिका-५ बस्ने ३२ वर्षकोे सतिह दाहाल पनि घाइते भएका छन्।

चालक भने हालसम्म फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ।

घाइतेहरू हेटौँडास्थित विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad