आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले शनिबार बिहान ९:५० बजे दिएको जानकारीअनुसार उपत्यकामा दिउँसोतिर मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ।
‘त्यस्तो ठूलो वर्षाको सम्भावना छैन’, उनले भने, ‘मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’
उनका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा मौसम छ्याङ्ग हुने सम्भावना छैन।
यसैबीच यतिबेला गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाबाहेक अन्यत्र पानी परेको नदेखिएको उनले जानकारी दिए।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
- ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना (भिडिओ)
- चट्याङबाट जान सक्छ ज्यान, बच्न पालना गर्नुहोस् यी नियम (भिडिओ)
Shares

प्रतिक्रिया