बागमती


कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने

कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने

सुनिता विष्ट
बैशाख ३०, २०८२ मंगलबार १९:१८, हेटौंडा

हेटौंडा–काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ। सडक स्तरोन्नति कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिन लागिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सडक बन्द गर्ने निर्णय भएको जनाएको हो। सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरमार्फत ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। 

पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रबमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको हो। 

१९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। 

प्रशासनक कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad