बागमती


चितवनमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु, १८ घाइते

चितवनमा ठोकिएका बस र माइक्रो


नेपालखबर
असार ७, २०८२ शनिबार १२:१६, काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएका हुन्। 

दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेलाई चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पताल लगिएको छ।

घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad