बागमती


न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ संघले गर्‍यो दीप प्रज्वलन

न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ संघले गर्‍यो दीप प्रज्वलन

नेपालखबर
भदौ २१, २०८२ शनिबार २१:४९, काठमाडौँ

चेपाङ जातिहरूले मनाउने  न्वागी पर्वको अवसरमा नेपाल चेपाङ संघले न्वागी पर्वको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा दीप प्रज्वलन गरिएको हो। 

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरिएको हो। चेपाङ समुदायको संस्कृति र परम्परा संरक्षणका लागि न्वागी पर्वले ठूलो महत्व राख्ने अध्यक्ष चेपाङले बताए। उनका अनुसार चेपाङ समुदायहरूले हरेक घरघरमा आजको साँझमा दीप प्रज्वलन गरेको जानकारी दिए। 

हरेक वर्ष मनाउने न्वागी पर्व यो वर्ष चितवनको इच्छाकामना गाउँपालिका ६ कालीखोलामा मनाउन लागिएको हो। देशका ६ वटा जिल्लामा रहेका चेपाङ समुदायले विशेषगरी चारवटा जिल्लामा पालैपालो न्वागी पर्व मनाउने गरेको छ। 

अघिल्लो वर्ष धादिङमा मनाएको न्वागी पर्व यस वर्ष चितवनमा मनाउन लागिएको हो। चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार आगामी वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनाइने छ। 

अध्यक्ष चेपाङको प्रमुख आतिथ्यतामा भएको दीप प्रज्वलन कार्यक्रममा चेपाङ संघका महासचिव सन्तबाहादुर चेपाङ, केन्द्रीय सदस्य लक्ष्मण चेपाङ, दीपा चेपाङ, नेपाल चेपाङ संघ बागमती प्रदेश सदस्य मनिका चेपाङ,  नेपाल चेपाङ संघ चितवनका अध्यक्ष भीम  चेपाङ,  गाउँपालिकाका अध्यक्ष विकास चेपाङ, निवर्तमान वडाध्यक्ष भूपेन्द्र चेपाङ लगायत स्थानीय चेपाङ समुदायहरूको उपस्थिति रहेको थियो।

नुवागी पर्वको मुख्य दिन भोलि नेपाल चेपाङ संघको आयोजनामा इच्छाकामना गाउँपालिका ६ कालीखोलामा  विशेष सांस्कृतिक कार्यक्रम हुने बताइएको छ। 

कार्यक्रमको प्रमुख अतिथिमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता रहने चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad