बागमती


ललितपुरमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले लगाए आगो

ललितपुरमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले लगाए आगो

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १०:३३, काठमाडौँ

ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। 

प्रदर्शनकारीले गुरुङको निवासमा आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन्। 

अहिले आगजनी नियन्त्रणमा लिइसकेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए। 

‘अहिले अवस्था नियन्त्रणमा लिइसकेका छौँ, मन्त्रीज्यूको निवासमा केही क्षति भएको छ, आकलन भइरहेको छ’, एसपी जोशीले नेपालखबरसँग भने। 

सोमबार जेन-जीले गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा १९ युवा मारिएपछि आन्दोलनकारी सरकारप्रति आक्रोशित छन्। आज पनि उनीहरूले विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad