बागमती


माओवादीले बागमतीको सभामुखमा दाबी पेस गर्ने

माओवादीले बागमतीको सभामुखमा दाबी पेस गर्ने

नेपालखबर
असोज ८, २०८२ बुधबार २०:३, हेटौँडा

नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश सभाको सभामुख पदमा दाबी पेस गर्ने भएको छ। 

बुधबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले प्रदेश सभाको सभामुखमा दाबी प्रस्तुत गर्ने समेत निर्णय गरेको माओवादी बागमती संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले जानकारी दिए। 

प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएसँगै बागमतीको सभामुख पद रिक्त छ। नेकपा माओवादी बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको दलको बैठकमा बागमती प्रदेश सभा सदस्यहरूको उपस्थिती रहेको थियो।

बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउन समेत माग गरेको छ। 

प्रदेश संरचनाप्रति नागरिकहरुको नैराश्यता बढ्नुको प्रमुख कारण मन्त्रालयको संख्या धेरै हुनु रहेको निष्कर्ष निकाल्दै संख्या घटाउन माग गर्ने निर्णय गरेको हो।

जेन–जी प्रर्दशनका कारण राजनीतिक वृत्तमा आएको परिवर्तन लगाएतको समसामयिक राजनीतिक विषयको समीक्षा गर्न बसेको संसदीय दलको बैठकले प्रदेशका मन्त्रालयहरुको संख्या घटनाउन सरकारलाई दबाब दिने निर्णय भएको ढकालले बताए।

उनका अनुसार हाल रहेका १४ मन्त्रालयमध्ये केही मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च कटौती गर्न सरकार समक्ष माग गर्ने निर्णय गरेको छ।

प्रमुख प्रतिपक्षी दलले सरकारलाई सकारात्मक सुझाव सहित मन्त्रालय घटाउन माग गर्ने निर्णय भएको ढकालले बताए। 

उनले सरकारले पुरक बजेट ल्याउन लागेको भन्दै त्यसको विपक्षमा आफूहरु उभिने जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad