नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार अभियुक्त पुनः जेल फर्किएका छन्।
पूर्वसचिव टेकनारायण पाण्डे, बेचन झा, इन्द्रजित राई र प्रतिक थापा आफैँ कारागार फर्किएको केन्द्रीय कारागार सुन्धाराका जेलर कृष्णप्रसाद चापागाईँले बताए।
पाण्डे, झा र राई मंगलबार साँझ जेल फर्किएका हुन्। प्रतिक थापा बुधबार कारागार पुगेको पनि चापागाईँले बताए।
यसअघि सोमबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेल फर्किएका थिए। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जेलमा तोडफोड गेर ३३ सय बढी कैदीबन्दी त्यहाँबाट फरार भएका थिए।
तीमध्ये करिब १५ सय जेल फर्किएका छन्। बाँकी फरार छन्। यहाँबाट भागेर आफैँ सम्पर्कमा नआएका कैदीबन्दीलाई प्रहरीले खोजतलास गरेर पक्राउ गरिरहेको छ। विभिन्न जिल्लामा पक्राउ परिरहेका छन्।
Shares

प्रतिक्रिया