बागमती


न्युरोडबाट ६ करोड मूल्यको भेप बरामद, गोदाम सञ्चालक पक्राउ

न्युरोडबाट ६ करोड मूल्यको भेप बरामद, गोदाम सञ्चालक पक्राउ

नेपालखबर
जेठ १२, २०८३ मंगलबार ११:५६, काठमाडौँ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडबाट ६ करोड मूल्य बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ। 

कार्यालका अनुसार काठमाडौँ-२२, खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अन्डरग्राउन्डमा सञ्चालित स्माइल योर चोइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदामबाट विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको हो। 

साथै गोदाम र पसलका सञ्चालक ललितपुरको महालक्ष्मी नगरपालिका-८ का स्थायी बासिन्दा ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बरामद भेपको अन्दाजी मूल्य ६ करोड रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad