बागमती


रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित

रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित

नेपालखबर
जेठ २४, २०८३ आइतबार १२:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट अविनाश बस्नेत सभापतिमा निर्वाचित भएका छन्।

अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापति सहित पदाधिकारी तथा केही सदस्य पदका लागि भएको मतदानबाट बस्नेत सभापतिमा निर्वाचित भएका हुन्।

शनिबार (हिजो) सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत पाए।

उपसभापति पदमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरे। सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास) ले ७१ मत प्राप्त गरे। सह–सचिव पदमा दिनेशप्रसाद सापकोटा १३० मतसहित निर्वाचित भए। 

खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित भए। महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए। सभापति पदमा पराजित भए पनि धेरै मत प्राप्त गरेका वृखबहादुर बम्जन (अशोक) विधानअनुसार जिल्ला समिति सदस्य बनेका छन्। अन्य दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।

त्यसैगरी, सिन्धुली क्षेत्र नं. १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं. २ को संयोजकमा कैलाश थापा निर्वाचित भएका छन्। रास्वपा सिन्धुलीको अधिवेशनमा २७४ प्रतिनिधिले मतदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad