बागमती प्रदेशका बिनाविभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्।
सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तीन जना बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।
मुख्यमन्त्री बानियाँले प्रदेशको ८ मन्त्रालयमध्ये रिक्त रहेका ३ मन्त्रालयमा मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।
कांग्रेसका तर्फबाट बिनाविभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो।
मुख्यमन्त्री बानियाँको मन्त्रिपरिषद्ले यसअघि कांग्रेसका तीन मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्।
कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ जिम्मेवारीमा छन्।
मुख्यमन्त्री बानियाँले उक्त कार्य विभाजनसहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन्। बुधबार मात्र एमालेका ६ मन्त्रीहरूले पदबाट राजीनामा गरेर सरकारको समर्थन फिर्ता गरेका थिए।
Shares

प्रतिक्रिया