बागमती


वन्यजन्तु बचाउन खोज्दा मकवानपुरमा पल्टियो गाडी, ६ जना घाइते

वन्यजन्तु बचाउन खोज्दा मकवानपुरमा पल्टियो गाडी, ६ जना घाइते

नेपालखबर
असार १६, २०८३ मंगलबार १५:५१, मकवानपुर

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

मंगलबार रातमाटे चेकपोइन्ट नजिक महेन्द्र राजमार्गमा जंगली जनावर बचाउने क्रममा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। 

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०४६९ नम्बरको गाडी अचानक जंगली जनावरले सडक काटेपछि चालकले नियन्त्रण गुमाउँदा गाडी चिप्लिएर सडकको बायाँतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनाका बेला गाडीमा चालकसहित आठ जना सवार थिए। सवारमध्ये ६ जना घाइते भएका हुन्। 

उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा नुवाकोट तादी गाउँपालिका-३ की ४२ वर्षीया सीता सुनार, सोही स्थानकी ५५ वर्षीया राधा सुनार, भारतको बिहार राज्य दरभंगा जिल्लाका २४ वर्षीय क्यामुल हक, पर्साको वीरगञ्ज महानगरपालिका-१५ का २३ वर्षीय रविकुमार गुप्ता, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ का ४८ वर्षीय पासाङ लामा र काठमाडौँ दक्षिणकाली नगरपालिका-५ का २७ वर्षीय कृष्ण तामाङ रहेका छन्। 

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न गाडीका चालक काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० निवासी ५६ वर्षीय दिलिप सिलिवाल प्रहरी नियन्त्रणमा रहेका छन्।

घटनापछि प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट ट्राफिकसहितको प्रहरी टोली खटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad