बाइक


नेपालमा बढ्दै छ एनआईयू इ-स्कुटरको लोकप्रियता

नेपालमा बढ्दै छ एनआईयू इ-स्कुटरको लोकप्रियता

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ११:२०,

युरोपेली बजारमा अति लोकप्रियता र ख्याति कमाएको चाइनामा निर्मित एनआईयू ब्राण्डका विद्युतिय स्कुटरले दक्षिण एसियामा आफ्नो बजार विस्तार नेपालबाट गरेको छ।

एक दशकअघि जे जति विद्युतीय स्कुटरहरु चाइनामा उत्पादित भए, जुन प्रविधिहरु अनुशरण भए, त्यसको सकारात्मक प्रभाव बजार र उपभोक्तामा नपरे पनि एनआईयू ब्रान्डले भने बजारको मागअनुसार आफूलाई परिमार्जन गरी उभ्याउँदा लोकप्रियताको शिखर चढ्दै गएको छ।

एनआईयूले अहिलेको बजारको मागलाई मध्यनजर गरी सर्वप्रथम युरोपेली बजारलाई ध्यानमा राखी अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शतप्रतिशत कार्यक्षमताको साथ आफ्ना मोडलहरु ल्याएको छ।

niu electric scooter layout 680x340

बजारको मागलाई ध्यानमा राखी उत्पादित एनआईयू ब्राण्डका इलेक्ट्रिक स्कुटरले आजको दिनमा युरोपेली बजारमा आफ्नो राम्रो छाप कायम गर्न सफल भएको छ। कम्पनीले यही छाप एसियाली बजारमा पनि कायम राखी ‘इलेक्ट्रिक रिभोलुसन’मा थप ऊर्जा पैदा गर्ने मनसायले नेपालमा दुई वर्षयता व्यवसाय विस्तार गरी स्कुटी बिक्री गरिरहेको छ।

नम्बर प्लेट र इन्सुरेन्स लागू हुने यस ब्राण्डलाई नेपालमा इको इन्फिनिटी प्रालिले विगत दुई वर्षदेखि व्यावसायिक रुपमा बिक्री तथा प्रवद्र्धन गर्दै आएको छ। यसलाई यातयात व्यवस्था विभागले आवश्यक चेक जाँच गरी राम्रो रेटिङ दिएको छ।

niu comp in nep 1

सामान्य बजारमा पाइने अरु इलेक्ट्रिक स्कुटरभन्दा मूल्यमा अलि बढी पर्ने यस स्कुटरलाई किन ग्राहकहरुले आफ्नो रुचि र आवश्यकताको साधन बनाए भन्ने कुरा ब्राण्डले अफर गरेका अत्याधुनिक र सुरक्षित प्रविधि विशेष कारण देखिन्छ।

niu comp in nep 2

दुई वर्षको वारेन्टी भएको जर्मन प्रविधिमा आधारित बोस्च कम्पनीद्वारा उत्पादित मोटर रहेको छ। प्रालिले अहिले २४ सय वाट र ३ हजार वाट गरी २ मोडलका स्कुटर बजारमा ल्याएको छ । जसमा ६ कलर भेरिएन्टमा ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ। मोटरमा जडित फिल्ड ओरिएन्टेड कन्ट्रोल सिस्टम (इनभेन्टेड फर लाईफ)ले इबीएस डुअल ब्रेक सिस्टमसँग सहकार्य गरी ब्रेक लगाउँदा स्वतः ब्याट्री चार्ज हुन मद्दत पुर्याउने कार्य गर्दछ।

दुई वर्ष वारेन्टी भएको जापानी प्रविधिमा निर्मित पानासोनिक कम्पनीको लिथियम आईओन ब्याट्री जुन बिल्कुलै नयाँ, बढी कार्यक्षमता भएको हलुका ब्याट्री हो। लामो आयु भएको र लिड एसिड ब्याट्रीको तुलनामा छिटो चार्ज भई बढी माइलेज दिन्छ। ब्याट्री आविष्कारमा आएको वर्तमान अवस्था हो लिथियम आईओन ब्याट्री। यसको कार्यक्षमताले हरेक लगानीलाई सुरक्षित र सफल बनाउँदै आएको छ ।

niu comp in nep 3

कम्पनीद्वारा जडित एनआईयूको एप्समा जीपीएस/एन्टी थेफ्ट/ रिमोट ट्रयाकिङ/स्कुटर डाइग्नोस्टिक/ हेल्प सेन्टर इत्यादि जानकारीको साथ चालक र स्कुटरबीचको बुझाइ र सहकार्यमा विशेष भूमिका खेलेको हुन्छ। आफूले रोजेर लगानी गरेको स्कुटरमा चालकले यसरी बृहत् जानकारी पाउन सक्ने इलेक्ट्रिक स्कुटर नेपालमा आजको दिनमा एक मात्र ब्राण्ड एनआईयू बन्न सफल भएको छ। सिमकार्ड जडान गरी उक्त एप्सको फाइदा स्कुटर चालकले लिन सक्नेछ।

niu comp in nep 4

फरक डिजाइन र आकर्षक लुक अर्को विशेषता यसको रहेको छ। युरोपेली बजारमा जे उपलब्ध हुन्छ, त्यही वस्तु हामीले हाम्रो देशमा उपलब्ध भएको हेर्न पाउनु नै ठूलो उपलब्धि हो। एउटै डिजाइनमा काबू भइसकेका ग्राहकहरुलाई फर लुक र डिजाइनमा आकर्षण गर्न सफल यस एनआईयू ब्राण्डका स्कुटर भीडभाडमा छुट्टै आकर्षण बन्न सफल भएको छ।

चालकको रोजाइलाई कुनै पनि तवरले गलत साबित नगर्ने र आफ्नो च्वाइसलाई राइट च्वाइस साबित गर्न यसको डिजाइन र लुक्सले पनि दिनप्रतिदिन यसले सबै वर्गका ग्राहकलाई आकर्षित तुल्याउन सफल भएको छ।

कम्पनीद्वारा तालिम प्राप्त कर्मचारीमार्फत अत्याधुनिक र विशेष इन्भेस्टमेन्टबाट बिक्रीपछिको सेवा कम्पनीले सञ्चालनमा ल्याएको छ। एनआईयू ब्राण्डको स्कुटर हाल काठमाडौंमा माइतीघर र नक्सालको शोरुमबाट बिक्री हुँदै आएको छ भने थप शोरुम विस्तर गर्ने सोचमा कम्पनी लागेको देखिन्छ।

यस्तै काठमाडौंबाहिर पोखरा, बुटवल, इटहरीमा शोरुम सञ्चालनमा छन् भने चितवन, हेटौंडा, दमक, विराटनगर, धरान र बिर्तामोडमा छिट्टै नयाँ शोरुम खोल्ने कम्पनीले योजना बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad