रोयल इन्फिल्डले नयाँ बाईक भारतीय बजारमा ल्याउँदै छ। कोभिड–१९ का कारण लञ्च गर्न ढिला भैरहेको मोटरसाइकल जुनको अन्तिमसम्म लञ्च गर्ने तयारी रहेको छ।
‘मेटेओर ३५०’ बाइक जुन अन्तिमसम्म लञ्च गर्ने रोयल इन्फिल्ड भारतका सिइओ विनोद दसारीले बताएका छन्। ३५० सीसीको उक्त बाइक सिंगल सिलिन्डरको हुने उनले बताएका छन्।
कम्पनीले अप्रिल अन्तिमसम्म लञ्च गर्ने तयारी गरेको थियो।
रोयल इन्फिल्ड २.० रणनिती अन्र्तगतको मेटेओर ३५० पहिलो उत्पादन हो। उक्त मोटरसाइकलको मूल्य करिब १ लाख ७० हजार भारतीय रुपैयाँ पर्नेे बताइएको छ।

प्रतिक्रिया