ब्लग


हेलम्बु–काठमाडौं यात्राको सास्ती

हेलम्बु–काठमाडौं यात्राको सास्ती

सुभद्रा ढकाल
साउन ८ , काठमाडौँ

मेलम्ची नदीसँग मेरो सम्बन्ध ज्यादै पुरानो र आत्मीय छ। यही नदीको पानीले कतिपटक तिर्खा मेटेँ, कतिपटक भोक।

जीवनको उर्जावान् समयको दुई दशक यसैगरी मेलम्चीको समीपमा बिताएँ।

कुरा ०७८ साल असार १ गतेको हो। बेलुका सात बजेतिर गाउँका साथीहरुको फेसबुक वालामा नमिठो स्टाटस पोष्ट हुन थाल्यो। कसैले आफ्ना मान्छे वेपत्ता भएका स्टाटस राखेका थिए। कसैले भगवानसँग बस्ती जोगाउनका लागि प्रार्थना गरेका थिए।

बाढीभन्दा पनि तीब्र गतिमा पोष्ट भएका स्टाटस र फोटोले पटक–पटक होस नै उडायो।

काठमाडौंको साँघुरो कोठामा आफ्नो गाउँ सम्झेर आँखा रसाइरहे। बाल्यकालको सम्झना मुटुमा गाँठो परेर बस्यो।

क्षणभरमै टिम्बु, किउल, चनौटे, मेलम्ची लगायतको बस्ती बगरमा परिणत भएको खबर सञ्चार माध्यममा फैलन थाले।

आँखा छोपी नरोऊ भनी भन्नु पर्‍या छ।
मुटुमाथि ढुंंगा राखी हाँस्नु पर्‍या छ।

त्यतिबेला लाग्यो, यो गीत मेरै लागि बनेको हो।

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी गएको एक वर्ष बिते पनि बाढीमा हराएका आफ्ना मान्छेहरुको याद अझै पनि मानसपटलमा ताजै छ।
पछिल्लोचोटि मैले ०७९ साउन ४ गते हेलम्बुको यात्रा तय गरेँ। घरमा बिरामी आमालाई भेट्न जानु थियो। मेलम्चीभन्दा माथिको अवस्था खास राम्रो थिएन।

तस्बिर : रासस

तथापि बगरैबगर ढुंगाको प्रवाह नगरी गाडीले किउल पुराइदिँदा मन एकदमै रमायो।

एक मन त लाग्यो, अब मेलम्ची नदी पुरानै लयमा फर्कियो। तर, त्यस्तो भएन। साउन ४ गते साँझदेखि नै नदीको आवाज पुनः चर्किन थाल्यो। घर पुगेकी म रातभरि निदाउन सकिनँ।

भोलिपल्ट १० बजे काठमाडौं फर्केर अफिस भेट्नु थियो। आफ्नो काम कर्तव्य सम्झेर बाढीको कुनै प्रवाह नगरी बिहान ६ बजे काठमाडौँका लागि हेलम्बु सुपर यातायात चढेँ।

​गाडी जति अगाडि बढ्थ्यो, मन उति चिसो हुन्थ्यो। भयावह रुपमा उर्लिएको मेलम्ची नदीको दृश्य आँखाभरि छरियो।

पुरानो चनौटे बजार पुगेपछि मनमा थप चिसो पस्यो। हिजोको सडक खोई त? आज सडक बगरमा परिणत भएछ। योभन्दा दुःखद पक्ष के होला एकजना सिन्धुपाल्चोकबासीका लागि?

बाढीको डरलाग्दो दृश्यसँगै चालक र सहचालक मलीन अनुहारमा फोनमा बारम्बार कुरा गरे। उनीहरु हरेकपटक गर्ने कुरासँगै मलिन देखिन्थे। त्यसमा गाडीका यात्रुको निराशा पनि मिसियो।
मेलम्ची नदीको किनारैकिनार गाडी ग्यालथुम पुग्यो। विडम्बना ! रातभरि परेको अविरल पानी र वर्षाको कारण सडक भासिएर अवरुद्ध थियो। स्थानीवासी रातभरि नसुतेको कथा सुनाउँथे।

अपाङ्ग सिटमा बसेका ८३ वर्षीय हरिनारायण लामिछानेको अनुहारको उज्यालो निभ्यो।  उनले भने, ‘उपचारका लागि धुलिखेल हस्पिटल हिँडेको, अब यो बाटोमा गाडी चल्दैन होला। कसरी अस्पतालसम्म पुग्नु ?’

बिरामी अवस्थामा गाउँबाट शहरतिर लागेका उनी न हिँडेर मेलम्ची झर्न सक्थे, न अघि आएको बाटो फर्कने उनको सम्भावना नै थियो। उनीसँगै चौतारा र मेलम्चीका लागि छुटेको गाडीको लगभग ६० जना यात्रु अलपत्र भए। उनीहरु हिँडेर मेलम्ची जानुभन्दा अर्को विकल्प नै थिएन।

कोही आफ्नो बच्चालाई काँधमा राखेर मेलम्चीतिर लागेका थिए भने कोही बिरामीको हात समाएर गाडीमै बसे।
म पनि मेलम्ची जाने तन्नेरीको भिडमा मिसिएँ।

नदीको बहाव उस्तै थियो। बाटो भत्किएकाले पैदल हिँड्नसमेत गाहो भयो।

ढुंग्रे बजारभन्दा तल सडकमा खोला पसेकाले बाटोको डोब समेत भेटिएन कतै ढुंगामाथि टेकेर त कतै तारको जालीको माथि चढेर बाटो छिचोलियो। खोलामा वाल लगाउँदै गरेको जालीलाई आधार बनाएर कोही बच्चालाई हातमा समातेर तानिरहेको दृश्य ज्यादै नमज्जाको थियो।
करिब एक घन्टापछि तालामाराङ्ग निस्कियो।

बाढीले सडक बगाएको ग्याथुम बजारमा बाटो बनाउँदै गरेको दृृश्य। तस्बिरः रासस

बजारमा सबै मानिसको अनुहारमा डर त्रास मात्रै देखिन्थ्यो। बुढाबुढीदेखि बच्चा बोकेर महिलाहरु जसरी पनि हिँडेर मेलम्ची पुग्नुपर्ने बाध्यता भएको सुनाउँथे।

मनमा थोरै डर र साहस बोकेर एक घन्टा पैतालीस मिनेट हिँडेपछि मेलम्ची नगरपालिकाको सीमखेत पुगियो। त्यहाँको अवस्था झन गम्भीर र जटिल थियो। सडकमा पानी पसेका कारण पैदल हिँड्न सक्ने अवस्थासमेत थिएन। जहाँ टेकिन्थ्यो, त्यहीँ भासिन्थ्यो। माथि पहिरोे तल खोलो। रुखका बुटा समाउँदै त्यो बाटो पनि पार गरेर यात्रुहरुसँग मेलम्ची आइपुगियो।

वर्षायामको समयमा मेलम्चीवासीले दैनिकरुपमा भोग्ने सास्ती हुन् यस्ता घटना। ज्यानको बाजी राखेर यात्रामा निस्कनुपर्ने हेलम्बुबासीका लागि झनै चुनौतीपूर्ण कुरा हो।

अघिल्लो वर्ष मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी बर्षा मापन गरिएको नेपाल बाढी सुचना केन्द्रद्वारा एसएमएस मार्फत जानकारी आएको थियो। साथै, नाकोतेमा रहेको बाढी मापन केन्द्रमा जल सतह १.५ मिटरले बृद्वि भएकाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आएको थियो।

 

साउन ७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad