अर्थनीति


नेपाल 'स्टार्टअप' सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी

नेपाल 'स्टार्टअप' सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी

नेपालखबर
माघ १६, २०८१ बुधबार १६:५, काठमाडौँ

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा विदेशी कूटनीतिज्ञहरू पनि सहभागी भएका छन्। 

सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो। 

सम्मेलनमा सहभागीले नेपालको ठूलो दल नेपाली कांग्रेसले स्टार्टअप प्रबर्द्धन लागि गरेको प्रयासको प्रशंसा गरेका छन्। त्यसैगरी उनीहरूले पार्टी कार्यालय सानेपामा राखिएका विभिन्न स्टलहरूको अवलोकन गर्नुका साथै हस्तकला अनुपम भएको भन्दै प्रशंसा गरेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरू प्रदर्शन गरिएका छन्। सम्मेलन बिहीबार बेलुका समापन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad