कर्पोरेट


बुद्ध एयरलाई ‘कर्पोरेट एक्सीलेन्स’ अवार्ड

बुद्ध एयरलाई ‘कर्पोरेट एक्सीलेन्स’ अवार्ड

नेपालखबर
माघ १८, २०८२ आइतबार १८:१८, काठमाडौँ

निजी क्षेत्रको प्रमुख वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सीलेन्स २०२५’ बाट सम्मानित भएको छ।

नागरिक उड्डयन (सिभिल एभिएसन) विधातर्फ बुद्ध एयरले यो अवार्ड प्राप्त गरेको हो।

कर्पोरेट क्लब नेपालले मुलुकको व्यावसायिक क्षेत्रको व्यवस्थापन, कार्यक्षमता र सेवाको गुणस्तरलाई आधार मानी हरेक वर्ष प्रदान गर्ने यस अवार्डमा बुद्ध एयरले बाजी मारेको हो।

साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली आकाशमा सुरक्षित र भरपर्दो उडान सेवा प्रदान गर्दै आएको भन्दै कम्पनीलाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ।

निर्णायक मण्डलका अनुसार, आन्तरिक उडानमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको बुद्ध एयरले कोभिड–१९ पछिको प्रतिकूल समयमा पनि उड्डयन क्षेत्रलाई गतिशील बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो। साथै, कर्मचारीको दक्षता अभिवृद्धि, हवाई सुरक्षा र संस्थागत सुशासनमा कम्पनीले उत्कृष्ट नमुना पेश गरेको आधारमा अवार्ड प्रदान गरिएको जनाइएको छ।अवार्ड ग्रहणपछि बुद्ध एयरले यस सफलताको सम्पूर्ण श्रेय आफ्ना यात्रुहरूलाई दिएको छ। 'यो उपलब्धि हाम्रा आदरणीय यात्रुहरूको हो। हामीसँग यात्रा गर्दा तपाईंहरूले देखाउनुभएको अटुट विश्वास र भरोसाका लागि हामी कृतज्ञ छौं,' कम्पनीले भनेको छ। बुद्ध एयरले आगामी दिनमा हवाई सुरक्षा र सेवाको गुणस्तरलाई अझ परिष्कृत बनाउने प्रतिबद्धता समेत जनाएको छ।

राजधानीमा आयोजित विशेष समारोहमा देशका प्रतिष्ठित उद्योगी, व्यवसायी र विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad