ad ad

अपराध


आफूलाई प्रहरी बताएर नक्कली पेस्तोल देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

आफूलाई प्रहरी बताएर नक्कली पेस्तोल देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

नेपालखबर
भदौ २७, २०७९ सोमबार १६:२६, काठमाडौँ

काठमाडौंमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–६ घर भइ हाल काठमाडौंको हाँडीगाउँ बस्ने वर्ष ४१ का बाल सुन्दर सापकोटा र सोही स्थानका ४० वर्षीय अर्जुन कार्की रहेका छन्।

आइतबार (भदौ २६ गते) दिउँसो अन्दाजी साढे २ बजेको समयमा कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठले सञ्चालन गरेको केएस मोबाइल सपमा उनीहरूले अनलाइनमार्फत मोबाइल किन्छु भनि बहाना बनाएर पसलमा गई हामी प्रहरी हौं भनि नक्कली पेस्तोल देखाई ३ थान आई फोन मोबाइल सेट लुटपाट गरी लगेको प्रहरीले जनाएको छ।

अनुसन्धानको सिलसिलामा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही दिन बेलुकाको समयमा कात्यायनी मन्दिर नजिकबाट लुटपाट गरी लगेको मोबाइल थान ३ र वारदातमा प्रयोग भएको नक्कली पेस्तोल थान २, गोली थान ५ सहित सापकोटा र कार्कीलाई पक्राउ गरेको हो। 

उनीहरुलाई डाँका कसुरमा आवश्यक कानूनी कारबाहीको लागी प्रहरी वृत्त, बानेश्वर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .