अपराध


बालमन्दिरको रकम ठगीको आरोपमा तीन जना पक्राउ

बालमन्दिरको रकम ठगीको आरोपमा तीन जना पक्राउ

नेपालखबर
असार २५, २०८३ बिहिबार १२:३, काठमाडौँ

काठमाडौँको नक्सालस्थित बालमन्दिरको रकम हिनामिनाको आरोपमा तीन जना पक्राउ परेका छन्। 

उनीहरुलाई ठगी आरोपमा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताए। पक्राउ पर्नेहरूमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन्। उनीहरू बालमन्दिरका सदस्य र सदस्य–सचिव हुन्। 

छानविन आयोगको प्रतिवेदनको आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। बुधबार राति पक्राउ परेका तीनै जनालाई बिहीबार म्यादथपका लागि अदालतमा उपस्थित गराउने सीआईबीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad