ad ad

अपराध


तेस्री श्रीमती थिइन् रुपा, श्रीमानले नै फूलचोकीको जंगलमा लगेर ज्यान लिए

सडिसकेको अवस्थामा शव भेटिएपछि पक्राउ परे घ्याल्मो
तेस्री श्रीमती थिइन् रुपा, श्रीमानले नै फूलचोकीको जंगलमा लगेर ज्यान लिए

उजिर कार्की
भदौ २७, २०७९ सोमबार १७:२, काठमाडौँ

ललितपुरस्थित फूलचोकीको जंगलमा सडिसकेको अवस्थामा  आइतवार भेटिएको लाश ४७ वर्षीया रुपा क्षत्रीको भएको खुलेको छ।

ललितपुर प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गरेर रौतहटको हजारिया-१ घर भइ ललितपुर उपमहानगरपालिका-२९ हरिसिद्धि बस्ने उनको पतिले गत भदौ १६ गते हत्या गरेर जंगलमा फ्याँकेको जानकारी दिएको छ।

रुपाको शव आइतवार मध्यान्ह गोदावरी नगरपालिका-३ फूलचोकीस्थित जंगलमा फेला पारेको थियो। प्रहरी प्रभाग कोन्ज्योसोमको टोलीले सुरुवाती अनुसन्धान गर्दा रुपाको हत्यामा उनका पति ६३ वर्षीय घ्याल्मो लामा रहेको खुलेको छ।

दोलखाको भीमेश्वर नगरपालिका-९ स्थायी घर भइ ललितपुर उपमहानगरपालिका-२९ हरिसिद्धि बस्दै आएका उनी ज्यामी काम गर्दै आएका छन्। उनले हत्या गरेकी पत्नी रुपा पनि ज्यामी नै काम गर्ने गर्थिन्। 

ललितपुर प्रहरीका अनुसार घ्याल्मोले बयानका क्रममा श्रीमतीले दैनिक मादक पदार्थ पिएर झगडा गरी शारीरिक तथा मानसिक तनाव दिएकाले हत्या गरेको स्वीकारेका छन्। 

घ्याल्मोकी पहिलो श्रीमती लालमाया तामाङको १२ वर्षअघि नै निधन भइसकेको थियो। त्यस्तै दोस्री श्रीमती आइतमाया तामाङ दोलखा नै बस्दै आएकी छन्। 

ललितपुरमा ज्यामी काम गर्ने रुपालाई घ्याल्मोले रुपालाई तेस्री श्रीमतीका रुपमा ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .