काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ।
शिक्षण अस्पतालमा उपचाररत सर्लाही गोडैता नगरपालिका २ मुस्लिम टोलका दर्जीको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो।
पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन्।
मधेसी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको एसएसपपी भरत बोहराले बताए।
663
Shares

प्रतिक्रिया