ad ad

अपराध


हुण्डिको रकम लुटेको आरोपमा लाल मोहम्मदको हत्या भएको आशंका

हुण्डिको रकम लुटेको आरोपमा लाल मोहम्मदको हत्या भएको आशंका

उजिर कार्की
असोज ६, २०७९ बिहिबार १३:२७, काठमाडौँ

काठमाडौंको गोठाटारमा हत्या गरिएका लाल मोहम्मदको हत्यामा हुण्डि कारोबार पनि जोडिएको प्रहरीको आशंका छ। अहिलेसम्मको अनुसन्धानमा भारतीय जालि नोट र हुण्डिको रकम लुटिएको कारण हत्या गरिएको आशंका भएको प्रहरी उच्च स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

लाल मोहम्मदले भारतीय आपराधिक पृष्ठभूमिका व्यक्तिसँग मिलेर यी नै दुई कारोबारमा संलग्न भएको खुलेपछि यीनै कारण हत्या गरिएको प्रहरीको अनुमान छ।

अनुसन्न्धानका क्रममा एक वर्ष पहिले हुण्डिकारोबारमा लफडा परेको पाइएको स्रोतको दाबी छ। 

एक वर्ष पहिले नितिन मदनको हुण्डिको रकम लुटपाट भएको थियो। उनी काठमाडौंमा मोहम्मदसँग मिलेर हुण्डिको कारोबार गर्थे। यसका मुख्य योजनाकार भने भारतका गुलाम खान रहेको प्रहरीको दाबी छ।

तर, एक वर्ष पहिले उनीहरुको हुण्डिको रकम लुटपाट भएको थियो। ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटपाट भएको थियो। घटना भएको केही समयमै नेपाल प्रहरीले यो घटना भएको थाहा पाएको थियो। तर घटनामा कसैले पनि उजुरी गर्न नआएपछि प्रहरीले थप अनुसन्धान गरेको थिएन। र घटना गुपचुपमै रहेको थियो। 

तर, रकम लुटपाटपछि यो समूहमा भने खटपट सुरु भएको थियो। नितिन र जिलानीले यो रकम लुटपाट मोहम्मदले गराएको ठानेका थिए। त्यही कारण मोहम्मद र यो समूहबीचमा द्वन्द्व सुरु भएको अनुसन्धानबाट खुलेको छ। 

एक वर्ष पहिले त्यो घटना हुनु र अहिले मोहम्मदको हत्यामा नितिनको संलग्नता खुल्नु ले यो पनि कारण हुन सक्ने प्रहरीको प्रारम्भिक निस्कर्ष छ। मोहम्मदको हत्या भएको नजिकै कोसिपारी गेष्टहाउसमा कोठा भाडामा लिएर नितिले नै हत्याको सम्पुर्ण योजना गरेको हुन सक्ने प्रहरीको अनुमान छ। मोहम्मदलाई गोलि हान्ने सुटर पनि त्यही होटलमा बसेको खुलेको छ। प्रहरीले होटलबाट सीसीटीभी फुटेज लगेको छ र फुटेजमा उनीहरु रहेको खुलेको छ। 

यस्तै नितिनको भारतीय नागरिक उदय सेट्ठीसँग पनि निरन्तर सम्पर्क देखिएपछि प्रहरीले यस विषयमा पनि अनुसन्धान थालेको छ। रसुवा कारागारमा रहेका सेट्ठिलाई भेट्न नितीन त्यहाँ पुगेको र टेलिफोन सम्पर्क पनि रहेको देखिएपछि प्रहरीले यस विषयमा पनि छानविन गर्ने एक उच्च अधिकारीले बताए। 

प्रहरीले नितिनका परिवारका सदस्यलाई भने नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। काठमाडौंको वसन्तपुरमा बस्दै आएको नितिनका परिवार घटनाको केही समय पहिले मात्रै डेरा सरेको पाइएको छ।

उनीहरु भोटेबहाल सरे पनि नितिन भने घटनापछि फरार छन्। गत सोमबार साँझ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित गोठाटारमा सर्लाहीका मोहम्मदको हत्या भएको थियो। 

उनी त्यहाँ गार्मेन्ट सञ्चालन गर्छन्। घर पुग्नासाथ उनीमाथी गोली प्रहार भएको थियो। त्यसै साँझ शिक्षण अस्पतालमा उनको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .