ad ad

अपराध


विदेशी मुद्रा विदेश लैजान खोज्दा...

विदेशी मुद्रा विदेश लैजान खोज्दा...

नेपालखबर
असोज ९, २०७९ आइतबार १७:५२, काठमाडौँ

राजस्व अनुसन्धान विभागले अनधिकृत रुपमा परिवत्र्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले पुनले आठ हजार दुई सय ३० बराबरको युरो अनधकिृत रुपमा विदेश लैजान खोजेको आरोप लगाएको छ।

पुन गत असार २४ गते काठमाडौँबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए। रुकुमपूर्व उत्तरगङ्गा–१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विमिनय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए। कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेको बाहेक पाँच हजार अमेकिरी डलर वा सो बराबरको परिवत्र्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ। 

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पुर्‍याउन समय लागेकाले आज विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ। 

यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।  विभागका अनुसार आरोपी पटेलले पनि रु ६ लाख ३५ हजार चार सय बराबरको विदेशी परिवत्र्य मुद्रा अनाधिकृत रुपमा विदेश लैजान खोजेको पाइएको छ। विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफथ गरी जरीवाना समेत माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ।

विभागले नवलपरासीको सरावल गाँउपालिका–३ का आनन्दप्रसाद कलवारविरुद्ध रु ४३ लाख ७४ हजार बराबरको बिगो दाबी गर्दै यही असोज ६ गते जिल्ला अदालत धादिङमा मुद्दा दायर गरेको छ। अस्थायी प्रहरी पोस्ट सिम्ले धादिङले कलवारलाई केही समय पहिले पक्राउ गरेको थियो। विभागले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .