अपराध


गोठाटार हत्याकाण्ड : तीनजना अभियुक्त प्रहरीद्वारा सार्वजनिक, रेकी गर्ने युवती पनि पक्राउ

गोठाटार हत्याकाण्ड : तीनजना अभियुक्त प्रहरीद्वारा सार्वजनिक, रेकी गर्ने युवती पनि पक्राउ

गोठाटार गोलीकाण्डमा संलग्न तीनजनालाई सार्वजनिक गर्दै प्रहरी


नेपालखबर
असोज १४ , काठमाडौँ

काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाोली हानी हत्यामा संलग्न भएका ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट अगाडिको सडक खण्डसँगै रहेको खुल्ला स्थानमा सवारी साधन रोकी हत्यामा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। 

असोज ३ मा कारबाट झर्ने क्रममा सर्लाहीको सिसौरिया-६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गगरेका थिए। 

गोली लागी घाइते भएका उनलाईशंखरापुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारको क्रममा उनको असोज ३ गते राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो। 

उक्त घटनाबारे प्रहरीको विशेष टोलीले अनुसन्धानका क्रममा तीनजनालाई उपत्यकासहित वीरगञ्जसहितका भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो। 

उनीहरुलाई केही दिन पहिल्यै पक्राउ गरिएको थियो। उनीहरु तीनैजनालाई काठमाडौं परिसरले सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीइ महोरम मियाँ रहेका छन्। उनले उक्त हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। 

त्यसैगरी उक्त हत्याकाण्डमा संलग्न भएकव अभियोगमा प्रहरीले पर्साकै वीरगञ्ज महानगरपालिका-१५ निवासी १९ वर्षीय रेहान मियाँलाई पनि पक्राउ गरेको छ। उनले हत्याको योजना बनाउनुका साथै हतियार व्यस्थापनमा सघाएको खुलेको छ।

प्रहरीले उक्त हत्याकाण्डमा संलग्न भएको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानलाई पनि पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उनले मृतकको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन्। 

प्रहरीका अनुसार उनी यसघि चोरी मुद्दामा कारागार बसेर छुटेकी थिइन्। उनले २०७६ असार ११ गतेदेखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेको खुलेको छ। 

प्रहरीले उक्त हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ। प्रहरीका अनुसार मेड इन युएसए लेखिएको पेस्तोल एक थान, २.९ एमएमको खोका ४ र ३.९ एमएमको प्रयोग नभएको चार राउन्ड गोली पनि बरामद भएको छ। 

उनीहरुविरुद्ध 'मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर' मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको मैनालीले बताएका छन्।

असोज १४, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad