साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५० जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले ३ अर्बभन्दा धेरै बिगो कायम गरेर मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको बताइन्।
यस प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले पक्राउ गरेका ३२ जना र फरार १८ जनालाई प्रतिवादी बनाइँदैछ।
तर यो प्रकरणको अनुसन्धान अझै बाँकी रहेको सीआईबीले जनाएको छ। राजस्वले सुन बरामद गरेको ५७ औँ दिनमा सीआईबीले मुद्दा बुझाउन लागेको हो।
सीआईबीले साउन २३ गतेदेखि थालेको अनुसन्धानका क्रममा काठमाडौंबाट मात्रै ५ वटा सुन पगाल्ने मेसिन बरामद भएको जनाएको छ।
भदौ २७, २०८०, बुधबार
87
Shares
प्रतिक्रिया