अपराध


सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्बिर


नेपालखबर
असोज २४ , काठमाडौँ

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ। 

गत बिहीबार कतारको दोहा हुँदै सन्दीप नेपाल फर्किएका थिए। 

त्रिभुवन विमानस्थलबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। दशैँ विदा सकिएलगत्तै सोमबार अदालत खुलेपछि प्रहरीले लामिछानेलाई अदालतमा पेस गरेको हो।  

क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते एक युवतीले जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन् । 

त्यसलगत्तै सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सन्दीप भने क्यारेबियन लिग खेल्न गएका थिए। पटक पटक आफू नेपाल फर्किने बताएर नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो। 

त्यसपछि भने उनी गत बिहीबार नेपाल फर्किएका थिए।   

असोज २४, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .