ad ad

खेल


नवौँ खेलकुदः जितका लागि कर्णालीसामु १ सय ११ रनको लक्ष्य

नवौँ खेलकुदः जितका लागि कर्णालीसामु १ सय ११ रनको लक्ष्य

नेपालखबर
असोज २४, २०७९ सोमबार ११:४४, पोखरा

विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशसामु जितका लागि १ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

पोखरा रगंशालामा रहेको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको हो। 

पुलिस क्लबले पहिलो विकेटका लागि काजल श्रेष्ठ र कविता कुँवरले ३३ रनको साझेदारी गरे। कविताले १४ बलमा ३ चौका हान्दै १६ रन जोडिन्। उनी अन्जु गुरुङको बलमा बोल्ड आउट भइन्। 

ओपनर काजल श्रेष्ठ १६ रन बनाउादा लामो सट खेल्ने धुनमा पवेलियन फर्किईन्। 

१६ बलको सामना गरेकी काजलले २ चौका हानिन्। पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन थपिन्। २१ बलको सामना गरेकी उनले २ चौका हानिन्। 

रेवती धामी १४ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। अप्सरी बेगम ४ रनमा क्याच आउट भइन्। कविता जोशी ८ रनमा रन आउट भइन्। कप्तान रुविना क्षत्री ५ र संगीता राई ४ रनमा  नटआउट रहे। 

कर्णाली प्रदेशका लागि अञ्जु तामाङ एक्लैले ३ विकेट लिईन्। उनले आफ्नो स्पेलमा २४ रन खर्चिईन्। बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट झारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .