अपराध


नेपाल र यूएईको खेलमा सट्टेबाजी गर्ने ५० जना त्रिवि क्रिकेट मैदानबाट पक्राउ

नेपाल र यूएईको खेलमा सट्टेबाजी गर्ने ५० जना त्रिवि क्रिकेट मैदानबाट पक्राउ

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार ११:४५, काठमाडौँ

नेपाल र यूएईको एकदिवसीय खेलमा सट्टेबाजी गर्ने ५० भन्दा बढी पक्राउ परेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लाइभ बेटिङ गर्ने ५० जनालाई कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो। 

खेल हेर्ने बहानामा मैदानमा सट्टेबाजी गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीलाई सीआईबी र केहीलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले पक्राउ परेकामाथि अनुसन्धान अघि बढिरहेको बताउँदै सवुत प्रमाणका आधारमा कारवाही हुने जानकारी दिए। 

प्रहरीले पक्राउ परेकाहरुको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएको छ। 

सिरिजअन्तर्गतको पहिलो खेलमा शंकास्पद गतिविधि गर्ने उनीहरुलाई निगरानी गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .