ad ad

अपराध


एकैरात पोखराका तीन एटीएम तोडफोड, दुईजना पक्राउ

एकैरात पोखराका तीन एटीएम तोडफोड, दुईजना पक्राउ

नेपालखबर
फागुन १०, २०७९ बुधबार १९:३६, पोखरा

पोखरामा रहेका तीनवटा बैंकको एटीएम फोडेर चोरी गर्न खोज्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला गाईघाट नगरपालिका वडा नं ७ स्थायी घर भइ हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङ्दी गाउँपालिका ४ स्थायी घर भइ पोखरा १७, छोरेपाटनमै बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङ रहेका कास्की प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन्।

कास्की प्रहरीका अनुसार उनीहरुले गए राति अर्थात् फागुन ९ गते राति १२ः१० बजे पोखरा १० रामबजारमा रहेको एनआइसी एसिया बैंक, बिहान १ः२२ मा रामबजारमै रहेको नेपाल बैंक लिमिटेड र सांग्रिला बैंक लिमिटेडेको एटीम मेसिन फोड्ने प्रयत्न गरेका थिए। प्रहरीका अनुसार उनीहरुले त्यहाँ राखिएको सीसी क्यामेरालाई कागजले छोपेर एटीएम मेसिन फोड्न ढुंगाले हानेका थिए। 

उनीहरुमाथि चोरी तथा डाँकासम्बन्धी कसूरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पनि प्रवक्ता खड्काले जानकारी दिए।

यसअघि गएको साउनमा पोखरा महानगरपालिका २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएम फुटालेर १५ लाख चोरी गरिएको थियो भने गएको असोजमा पोखरा ९ नयाँबजारमा रहेको कृषि विकास बैंक,लेकसाइडमा रहेको एनएमबी बैंकको एटीएममा पनि चोरीको प्रयास भएको थियो। ती घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .