वन फँडानीको आरोपमा पक्राउ परेका बाराको कोल्हवी नगरपालिका ५ का वडाध्यक्ष नन्दकिशोर चौधरीविरुद्ध मुद्दा दर्ता भएको छ।
राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा वन कार्यालयले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाइएको हो।
चौधरीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट ३ दिन म्याद थप भएको छ। आफ्नै वडा क्षेत्रको करिब साढे ५ हेक्टर जमिनमा लगाइएको झण्डै ९ हजार बिरुवा नष्ट गरेको आरोप उनीमाथि छ।
डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वडाध्यक्षले होलीको मौका छोपेर गएको फागुन ३५ गते राति वन फडानी गरेको आरोप लगाए।
गएको स्थानीय तहको निर्वाचनमा चौधरी नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
वन अधिकृत सिंह नेतृत्वको वनगस्ती टोलीले गएको बुधबार चौधरीलाई पक्राउ गरेको थियो।
चैत ३, २०७९, शुक्रबार
प्रतिक्रिया