ad ad

अपराध


सर्लाहीमा बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित पक्ष आन्दोलित

सर्लाहीमा बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित पक्ष आन्दोलित

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १०:१५, सर्लाही

बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्लाहीको हरिवन ९ दनुवारीका बासिन्दा आन्दोलनमा उत्रिएका छन्।

एक साताअघि स्थानीय ५५ वर्षीय नारायण गौतमले गाउँकै ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप  छ। तर पनि प्रहरीले गौतमलाई पक्राउ नगरेको पीडित पक्षको गुनासो छ। 

यता इलाका प्रहरी कार्यालय (हरिवन) का प्रहरी निरीक्षक शिवराम थापाले भने घटना सार्वजनिक हुनासाथ गौतम फरार भएकाले पक्राउ गर्न नसकिएको बताएका छन्। 

आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्दै पीडित पक्ष र स्थानीय बासिन्दाले बुधबार र बिहीबार दुई दिन नयाँरोडस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजामसमेत गरेका छन्। 

गत फागुन २५ गते गौतमले गाउँकै ११ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोप छ। पीडित परिवारले गौतमविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा किटानीजाहेरीसमेत दिएका छन्। प्रहरीले गौतमविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ।

स्थानीयले बुधबार दिउँसो नयाँरोडमा गरेको चक्काजाममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतसमेत पुगेका थिए। 

सीडीओ र एसपीले जतिसक्दो चाँडो आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीयले चक्काजाम स्थगन गरेका छन्।

‘पीडितका तर्फबाट गौतमविरुद्ध किटानी जाहेरी परेको छ। उनी फरार छन्’, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक थापाले भने, ‘बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ। आरोपितको खोजीलाई हामीले तीव्र पारेका छौँ।’

पीडित पक्षले भने गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .