सप्तरीमा गाँजा तस्करले आक्रमण गरेपछि प्रहरीले गोली चलाएको छ।
शनिबार राति हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनी क्षेत्रबाट घोडामा गाँजा भारत लैजाँदै गरेको समूहसँग प्रहरीको मुठभेड भएको हो।
सुराकीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको ४ जना प्रहरी टोलिले गस्तिका क्रममा गाँजा लैजाँदै गरेको समूह फेला पारेको थियो।
प्रहरी टोलिलाई देखेपछि तस्करले घोडा र गाँजा छोडेर भागेका थिए।
घोडामा गाँजा लिएर कार्यालय तर्फ ल्याउन खोज्दा अज्ञात समूहले प्रहरीलाई आक्रमण गर्दै गाँजा खोस्न खोजेको सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।
प्रहरीले बच्नका लागी ठूलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको र त्यसपछि अज्ञात समूह त्यहाँबाट भागेको डीएसपी सिंहले बताए।
त्यसपछि घोडा र गाँजा लिई प्रहरी टोली कार्यालय तर्फ फर्केको छ। अहिले त्यहाँ डीएसपीको नेतृत्वमा टोली खटाएर गाँजा तस्करको खोजी भइरहेको प्रहरीले जानकारी दिए।
प्रतिक्रिया