ad ad

अपराध


आफ्नै चार बच्चाको हत्यामा दोषी ठहर भई २० वर्ष जेल बसिन्, नयाँ प्रमाणले निर्दोष देखायो

आफ्नै चार बच्चाको हत्यामा दोषी ठहर भई २० वर्ष जेल बसिन्, नयाँ प्रमाणले निर्दोष देखायो

नेपालखबर
जेठ २२, २०८० सोमबार १८:१,

आफ्नै चार बच्चाको हत्या गरेको आरोपमा जेल परेकी अस्ट्रेलियाली महिलालाई माफी दिइएको छ। नयाँ प्रमाणहरुले ती महिलाले कुनै पनि शिशुको हत्या नगरेको देखाएपछि उनलाई जेलमुक्त गरिएको हो।

एक दशकभन्दा लामो अवधिमा क्याथलिन फलबिगले छोराहरु कालेब र प्याट्रिक तथा छोरीहरु सारा र लौराको हत्या गरेको आरोप लागेको थियो। त्यसपछि जुरीले उनलाई दोषी ठहर गरेको थियो। 

उनलाई ‘अस्ट्रेलियाकै खुंखार सिरियल किलर’ भनिएको थियो। त्यसयताका २० वर्ष उनले जेलमा बिताइन्।

तर, अहिले भएको छानबिनमा ती बच्चाहरुको मृत्यु प्राकृतिक हिसाबले भएको विश्वास वैज्ञानिकहरुले व्यक्त गरेका छन्।

यी ५५ वर्षीया महिलाको मुद्दालाई अस्ट्रेलियाको सबैभन्दा ठूलो न्यायको हत्याका रुपमा चित्रित गर्न थालिएको छ। 

सन् २००३ मा उनीविरुद्ध सजाय तोकिएको थियो। चार बच्चाको हत्यामा दोषी ठहर गर्दै उनलाई २५ वर्ष जेल सजाय तोकिएको थियो।

उनका चारै बच्चाको १९८९ देखि १९९९ का बीचमा अचानक मृत्यु भएको थियो। ती बच्चाहरु १९ दिनदेखि १९ महिनासम्मका थिए।

उनले सास थुनेर ती बच्चाहरुको ज्यान लिएको सरकारी वकिलहरुले आरोप लगाएका थिए। 

तर, ती बच्चाहरुको शरीरमा सास थुनेको अथवा चोटको कुनै निसान भने थिएन।

बरु, मुद्दाको सुनुवाइ परिस्थितिजन्य प्रमाणहरुमा केन्द्रित थियो। खासगरी फलबिगको डायरीलाई आधार बनाइएको थियो। जहाँ उनले आमाको भूमिका पूरा गर्न निकै संघर्ष गर्नुपरेको उल्लेख गरेकी थिइन्।

तर, अवकाशप्राप्त न्यायाधीश टम बाथर्स्टको नेतृत्वमा गरिएको एक छानबिनपछि ती बच्चाहरुको मृत्युका विषयमा आफूहरुको धारणा परिवर्तन भएको सरकारी अभियोक्ताहरुले स्वीकार गरेका छन्।

उनका मृत छोरीहरुमा सीएएलएम२ जी११४आर नाम जिनेटिक म्युटेसन रहेको र त्यसले अचानक हृदयाघातबाट उनीहरुको मृत्यु हुनसक्ने प्रतिरक्षा प्रणाली विज्ञहरुले बताएका छन्। त्यस्तै, छोराहरुमा पनि फरक खालको जिनेटिक म्युटेसन रहेको र त्यसले मुसामा अचानक छारेरोग सुरु गराउने देखिएको थियो।

पछिल्लो छानबिनमा विज्ञहरुले ती डायरी संघर्षरत आमाको भावना पोख्ने ठाउँ मात्र भएको र बिनाकुनै चिह्न चार बच्चाको हत्या गर्न असम्भवप्राय: रहेको बताएका छन्।

न्यु साउथ वेल्सका महान्यायाधिवक्ता माइकल डेलीले फलबिग दोषी भएकोमा सन्देह पैदा भएका बताए। जसका कारण गभर्नरले उनलाई माफी दिएका हुन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .