ad ad

अपराध


१४ दिने छोराको हत्या गरी फरार बुवा पक्राउ

१४ दिने छोराको हत्या गरी फरार बुवा पक्राउ

नेपालखबर
जेठ २४, २०८० बुधबार १६:५२, काठमाडौँ

आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने वर्ष २५ को नुर आलम अंसारी रहेका छन्।

उनले यही जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारी फरार रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो।

आलमलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिप्रका बारामा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .